नियम २३
प्रयोगात्मक परीक्षाको मूल्याड्ढन
  (१) आयोगको केन्द्रीय कार्यालयमा हुने प्रयोगात्मक परीक्षाको मूल्याड्ढनको लागि अध्यक्षले तोकेको सदस्य वा आयोगको अधिकृत कर्मचारीको अध्यक्षतामा सम्बन्धित विषयको दक्ष वा विशेषज्ञ र अन्य एकजना व्यक्ति सदस्य रहेको एक मूल्याड्ढन समिति रहनेछ ।
(२) आयोगको क्षेत्रीय वा अञ्चल कार्यालयमा हुने प्रयोगात्मक परीक्षाको मूल्याड्ढनको लागि सम्बन्धित कार्यालय प्रमुखको अध्यक्षतामा निजले तोकेको दक्ष वा विशेषज्ञ र आयोगको केन्द्रीय कार्यालयको प्रतिनिधि सहित बढीमा चार सदस्यीय एक मूल्याड्ढन समिति रहनेछ ।
(३) प्रयोगात्मक परीक्षाको मूल्याड्ढन सम्बन्धी तरिका र विधि आयोगले बनाएको निर्देशिकामा व्यवस्था भए बमोजिम हुनेछ ।